गत २४ घण्टामा ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २७९ र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ६४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १ हजार ९२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ । २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६९० जनाको आईसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ ।

सम्बन्धित समाचार