नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ साउन ।
मेक्सिकोलाई पराजित गर्दै अमेरिकाले कोनकाफ गोल्डकप फुटबलको उपाधि जितेको छ । सोमबार भएको खेलमा मेक्सिको अमेरिकासँग १-० ले पराजित हुन पुग्यो ।
एलिजेन्ट स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११७ औं मिनेटमा अमेरिकाका माइल्स रोबिनसनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल नभएपछि रोबिनसनको निर्णायक गोल नै अमेरिकालाई उपाधि दिलाउन पर्याप्त रह्यो ।
यसअघि पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने केहि सुन्दर अवसर खेर फलेका थिए । त्यस्तै मेक्सिकोलाई नै पराजित गर्दै अमेरिकाले पहिलो संस्करणको कोनकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको थियो ।