नेकपा माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

मन्त्रीबारे टुङ्गो लाग्ला

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार अपरान्ह चार बजेका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा मन्त्री छनोटबारे र सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदनको विषयमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले जानकारी दिएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।



आज(शुक्रबार) बिहान सात सदस्यीय कार्यदलले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले पहिलो चरणमा काँग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका छन् भने दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार