पार्टी विभाजन र नयाँ पार्टी खोल्ने अवस्था छैन : सोमप्रसाद पाण्डे

नेकपा एमालेको नेपाल समूहको केन्द्रीय कमिटीको बैठकमा नेता सोमप्रसाद​ पाण्डले पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि नरहेको बताएका छन् ।

पाण्डेले भने ‘पार्टी विभाजनको तयारी पनि छैन र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, ‘अहिले पार्टीमा दुईवटा ग्रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’ त्यस्तै उनले आफ्नो समूह तत्काल सरकारमा नजाने स्पष्ट पारे ।



आजको केन्द्रीय कमिटीको बैठकमा पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा ५५ जनाले पार्टी एकताबारे धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी एकता हुनुपर्ने धारणा राखेका थिए ।

 

सम्बन्धित समाचार