नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।

नेकपा एमालेको नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका विषयमा छलफल भएको थियो ।
स्थायी समिति बैठकले फेरि बस्ने केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका विषयमा नेतृत्वले जवाफ दिने विषयमा छलफल भएको हो । स्थायी समिति बैठक अघि नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बसेको थियो । बिहीबारबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए।
बैठकमा ५५ जना केन्द्रीय सदस्यहरूले पार्टी एकताबारे धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी एकताको पक्षमा लाग्नु पर्ने तर, त्यसका लागि अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुनुपर्ने सुझाव दिएका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी एकता हुनुपर्ने धारणा राखेका थिए ।

