के फेरि ‘अर्ली इलेक्सन’को तयारी हुँदैछ ? बाबुरामले किन दिए यस्तो चेतावनी ?

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै कायम नै रहेको चेतावनी दिएका छन् । कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने उनको भनाइ छ ।

पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका छन् ।



सामाजिक सञ्जालमा भट्टराई लेख्छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ। अत: ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !

सम्बन्धित समाचार