नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । बैठकमा नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।
सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम आइतबार सार्वजनिक गरेको थियो । यो कार्यक्रमको कार्यन्वयनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
गठबन्धनले अब मन्त्रिपरिषद् पनि विस्तारमा समय दिइने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । देउवाले असार २९ गते शपथ लिएका थिए ।

