नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
आज (सोमबार) न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे हाे ।
न्यायाधीश कुमार रेग्मीको इजलासले गत असार ३० गते विपक्षीसँग लिखित जवाफ माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।

