मन्त्रिपरिषद बैठकले गर्यो यस्तो निर्णय

सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार शर्माको सचिवमा बढुवा भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सचिवमा पदस्थापन पनि भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । बैठकले एक नम्बरमा शर्मा, दुई नम्बरमा डा। निरु दाहाल र तीन नम्बरमा दीपक खरालको नाम सिफारिस गरेको थियो । खराल बन समूहका हुन् भने शर्मा र पाण्डे कृषि समूहका हुन् ।



यस्तै सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ। नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए । उनका अनुसार बढुवासँगै परराष्ट्र वा अन्तर्गत पदस्थापन गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित समाचार