नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्ने बताएका हुन् ।
‘हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संसोधनसहित पास हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।
उनले वर्तमान सरकारलाई एमसीसीबारे किन बोल्न नसकेको भनेर प्रश्न पनि गरेका छन् । ‘तपाईंहरूकै पालामा सम्झौता गरेको होइन रु १६५ को कृत्रिम मतले विश्वासको मत लिएकै छ त पास गर्नु नि,’ उनले भने, ‘किन हामीलाई दोष ? हामी त स्पष्ट छौं ।’

