राष्ट्रपतिसँगको भेटबारे भीम रावलले दिए यस्तो प्रतिक्रिया

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको बताएका छन् । उनले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न नमिल्ने र आफूले पनि त्यस्तो आग्रह नगरेको स्पष्ट पारेका छन् ।

माधवकुमार नेपाल पक्षका नेता रावलले शनिबार अपराह्न शीतलनिवासमा पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । भेटवार्तामा नेता रावलले राष्ट्रपति भण्डारीलाई पार्टीको आन्तरिक विवाद समाधानका लागि मध्यस्थता गरिदिन आग्रह गरेको भनी समाचार आएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।



‘राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा एमालेको समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो । राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदिन आग्रह गर्न मिल्दैन,’ उनले लेखेका छन् ।

सम्बन्धित समाचार