एमालेभित्रको अन्तरसंघर्ष सकिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्तर्संघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। ​नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तर्संघर्षमा रहेको र अन्तरसंघर्ष किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।

सरकारको साझा कार्यक्रम पनि आइसकेको अवस्थामा एमालेभित्रको शक्ति संघर्षका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै उनले अबको दुई, तीन दिनभित्र सरकार विस्तार हुने बताए।



‘कतिपय पक्षका आन्तरिक समस्या पनि हल नभएको हुँदा, आन्तरिक समस्या समाधानको पर्खाईमा सरकार अल्झेको थियो। खासगरी जनता समाजवादी पार्टीको निर्वाचन आयोग र अदालतमा चलेको बहस, त्यसको किनारा लागिसकेको छ। र गठबन्धनमा रहेको एउटा हिस्सा नेकपा एमाले भित्रको हिस्सा पनि गठबन्धनमा हुनुहुन्छ। उहाँहरु निकै चर्को अन्तरसंघर्षमा हुनुहुन्छ। त्यो किनारा लिइसकेपछि यो सरकारलाई बढाउने कुरा बढ्छ।’

सम्बन्धित समाचार