नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

प्रतिनिधि सभाको आजको बैठकमा एमाले अध्यक्ष तथा विपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्दैछन्। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बिधेयकसमेत पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक-२०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक- २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा नेपाल रेल्वे विधेयक-२०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

