काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्रो ग्रहदशाले प्रधानमन्त्री नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए ।

उनले आफू जनताको बलमा प्रधानमन्त्री भएको बताएका हुन् । ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ त्यस्तै ओलीले भने ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’



यस्तै ओलीले असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने बताए । सम्बोधनका क्रममा उनले सत्तापक्षका नेताहरुको चर्को आलोचना गरिरहेका छन् ।

सम्बन्धित समाचार