हामी कसैको टाङमुनि छिर्नेवाला छैनौंः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु दृढताका साथ अघि बढ्ने भएकाले कसैको टाङ मुनी नछिर्ने बताएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफू निकट अनेरास्ववियुले काठमाडौंमा आयोजनाका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामी दृढताका साथ अगाडि बढ्छौँ। कसैको टाङमुनि छिर्ने वाला छैनौँ। अँध्यारो सुरुङतर्फ जानेवाला छैनौँ। तानाशाही प्रवृत्तिसँग झुकेर अहंकारीलाई साथ दिएर अघि बढ्न सक्दैनौँ।’

साहसी र बहादुर भएर अघि बढ्ने भएकाले जायज कुरामा नडराइ सत्य र न्यायको बाटोमा लाग्ने उनको भनाइ थियो। फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई जोगाएका आफू निकटका कर्णालीका ४ सांसदले बहादुरी देखाएको टिप्पणी गरे।



नेता नेपालले भने, ‘कर्णालीका साथीहरुले कायरता देखाउनु भएन। उहाँहरुले जितेको पद खोसिएको छ। साधारण सदस्य समेत खोसिए पनि उप निर्वाचनबाट उहाँहरुलाई कसरी जिताएर फेरि ल्याउने भन्ने जिम्मेवारी मेरो हो।’

सम्बन्धित समाचार