मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको जानकारी दिएका छन् । स्पष्ट अल्पमतमा परेपछि पोखरेले प्रदेशसभाको विशेष अधिवेशन बैठक सुरु हुनु पूर्व नै राजनीमा दिएका हुन् ।



विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध गत साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३४ जना सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो ए बजेको लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका थिए । त्यस्तै विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएका थिए ।

सम्बन्धित समाचार