रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दिए राजीनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आज(बुधबार) पदबाट राजीनामा दिएका हुन् ।

उनलाई महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार र पदाधिकारीहरूको आलोचना गरेको भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो । उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।



भट्टराईले राजीनामा पत्रमा लेखेका छन्, ‘जनता विरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरुको गठजोडलले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुके सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैंले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु ।’

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका छन् ।

राजीनामा पत्र

राजीनामा पत्र

राजीनामा पत्र

सम्बन्धित समाचार