गत २४ घण्टामा तीन हजार ४८१ जना संक्रमित थपिए, ३० जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ६५६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ९०७ पीसीआर परीक्षण गर्दा दुई हजार ६१६ र पाँच हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा ८६५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८८५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । जसमा ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९६ संक्रमित आईसीयूमा र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ पुगेको छ ।

सम्बन्धित समाचार