बिहीबार ३ बजेसम्म लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार साँझ ५ बजे सूचना जारी गर्दै २२ घन्टा(बिहीबार ३ बजेभित्र) को समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल भएको थियो ।



प्रदेश प्रमुखको कार्यालयले जारि गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।’

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार