ओलीलाई रिजालको अनुरोध, माधव नेपालसँग मिल्नुस्

नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिल्नु पर्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् । अध्यक्ष ओलीलाई भेट्दै रिजालले नेपालसँग मिल्न अनुरोध गरेका छन् ।

१४ बुँदे स्मरणपत्र बुझाउदै रिजालले नेकपा एमाले मूलतः नेपाल र ओलीबीचको सहकार्यको परिणाम भएको भन्दै ओलीलाई स्मरण गराएको बताए । ओली र नेपालबीच दूरी बढ्दै गएको बेला रिजालले ओलीलाई यस्तो अनुरोध गरेका हुन् ।



उहाँहरू दुई जना मिलेर एमालेको पहिचान बनेको भन्दै रिजालले अध्यक्ष कमरेडलाई भेटेर नै आफ्ना कुरा राखेको बताए ।

 

 

सम्बन्धित समाचार