नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) तोलामा रु ६०० ले उकालो लागेको छ । तोलामा ४०० रुपैयाँ घट्दै रु ८८ हजार ८०० मा मंगलबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ८९ हजार ४०० सय मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बुधबार तोलामा रु ८८ हजार ३५० कारोवार भएकामा आजका लागि भने रु ८८ हजार ९५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहँदै बुधबारको मूल्य अनुसार बिहीबार पनि तोलाको रु १ हजार १९० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदी मूल्य घटबढ हुँदै आएको छ ।