नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

लुम्बिनीमा प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्य भएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यस अघि ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । केसीको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका हुन् ।
नेकपा एमालेका नेता शंकर पोखरेलले मुुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई दिएको राजीनामा स्वीकृत भएसँगै नयाँ सरकार गठन गर्न बाटो खुलेको थियो । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार सञ्चालन गर्ने गरी सहमति गरेका छन्। केसी फागुन २ गतेसम्म मुख्यमन्त्री हुनेछन् भने त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया मुख्यमन्त्री हुने गरी समझदारी भएको छ।
नव नियुक्त मुख्यमन्त्री केसीलाई प्रदेश प्रमुखले अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

