फिफा वरीयतामा नेपालको सुधार

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले सुधार गरेको छ । बिह्हिबर सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गर्दै १६८ औं स्थानमा उक्लिएको छ ।

नेपाल यसअघिको वरीयतामा १७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५ औं स्थानमा रहँदा माल्दिभ्स भने १५८ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।



त्यस्तै नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली रहेका छन् ।यस्तै छैटौंमा अर्जेन्टिना, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र दशौं स्थानमा अमेरिका रहेका छन् ।

सम्बन्धित समाचार