नेपालमा तीन हजार ९१५ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा तीन हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १८ हजार ५८२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ११ हजार ७०८ पीसीआर परीक्षण गर्दा दुई हजार ७६३ र छ हजार ८७४ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजर १५२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा २७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज दुई हजार ११८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ रहेको छ । जसमा ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७३६ संक्रमित आईसीयूमा र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ ।

सम्बन्धित समाचार