प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ कोटेश्वरस्थित नेपाल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

नेता नेपालसँग भेटका लागि प्रचण्ड साँझ ७ बजे नेपाल निवास पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक र समसामयिक विषयबारे छलफल भएको बताइएको छ।



मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा उनीहरुको वार्ता केन्द्रीत रहेको बताइन्छ ।

सम्बन्धित समाचार