माधव नेपालसँग झलनाथ खनाल समूह अलग हुने, देउवा सरकार अल्पमतमा !

एमालेको माधव नेपाल समूहसँग झलनाथ खनाल समूह अलग भएर ओली समूहमै रहने तयारी गरेको छ । यसैको तारतम्मय मिलाउन एमाले नेता सुरेन्द्र पाण्डे र भीम आचार्य भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतको एपोलो अस्पतालमा उपचार गरिरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न पाण्डे र आचार्य नेपाल एयरलाइन्सको विमानबाट शनिवार दिल्ली प्रस्थान गरेका हुन । उनीहरु दुवै जना खनाल निकट मानिन्छन् ।

एमाले विभाजनको संघारमा पुगेको बेला दुवै नेता पार्टी एकता हुनुपर्ने पक्षमा छन् । उनीहरु एमालेमा १० बुदे सहमति कार्यान्यन हुनुपर्ने भन्दै पार्टी एकतालाई जोगाउन क्रियाशिल छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी विभाजनको तयारी गरिरहेका बेला पाण्डे र आचार्य दिल्ली पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुले नेता खनालसँग छलफल गरेपछि मात्र निर्णय लिने बताइएको छ ।



नेता नेपाल नयाँ पार्टी गठनको तयारीमा लागेका बेला पाण्डे र आचार्यको दिल्ली भ्रमण भएको हो । नेपालले खनाल दिल्लीबाट फर्केपछि मात्र पार्टी विभाजनको निर्णय लिन लागेको स्रोतको दाबी छ । त्योभन्दा पहिला नै खनाल निकट नेताहरुको भारत भ्रमण हुनुलाई महत्वका साथ हेरिएको छ ।

नेपाल समूहसँग अलग भएर ओलीसँगै एमालेमा रहन यो समूहले खनाललाई दवाव दिइरहेको बुझिएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि देउवा सरकार अल्पमतमा परेको बताएका थिए ।

सम्बन्धित समाचार