माओवादी केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन आज पनि बस्दैछ । त्यसअघि स्थायी समिति बैठक पनि बस्न लागेको छ । केन्द्रीय समिति बैठक आज विहान ११ बजेदेखि बस्दैछ । त्यसअघि ९ बजेदेखि स्थायी समिति बैठक बस्न लागेको छ ।

शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि समूहगत छलफलका लागि केन्द्रीय सदस्यहरुको समूह बनाइएको छ ।उनीहरुले छलफलपछि आज बस्ने बैठकमा सुझावहरु पेश गर्ने केन्द्रीय सदस्य युवराज चौलागाईले जानकारी दिए ।



अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनलगायत देशव्यापी चार महिने संगठात्मक अभियानको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ । स्थायी समिति बैठकमा पनि अध्यक्ष प्रचण्डको यही प्रतिवेदन र गठबन्धन सरकारको विस्तारमा भइरहेको ढिलाइबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार