विश्वासको मत लिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री केसी, हिउँदे अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ। भदौ १ गते दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको ९ औं अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको पहिलै दिन नै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेको स्रोतले जनाएको छ। केसी २८ साउनमा मुख्यन्त्री नियुक्त भएका थिए। नव नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।



प्रदेश प्रमुख अमिक शेरचनले गएको शुक्रबारमात्रै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरेका थिए। प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ।

सम्बन्धित समाचार