नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (आइतबार) उकालो लागेको छ । तोलामा ३०० रुपैयाँ बढ्दै रु ८९ हजार ७०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ७०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन शुक्रबार तोलामा रु ८९ हजार २५० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै तोलाको रु १ हजार २०५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।