२४ घण्टामा दुई हजार २१२ जना संक्रमित थपिए, ३३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १२ हजार १०६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा आठ हजार ८८ पीसीआर परीक्षण गर्दा एक हजार ७९३ र चार हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै चौबीस घण्टामा ३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ८६७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ६ लाख ८२ हजार ६८२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ रहेको छ । जसमा ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७५८ संक्रमित आईसीयूमा र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।

 

सम्बन्धित समाचार