अफगानिस्तानका राष्ट्रपति देश छाडेर भागेपछि कमल थापाले संझिए पूर्वराजा ज्ञानेन्द्रलाई

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान रहेको बताएका छन्। अफगानिस्तानमा राष्ट्रपति देश छाडेर भागेको प्रसंग निकाल्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा राजा र राष्ट्रपतिबीचको फरक भन्दै राजा देश छोडेर नभागेको जिकिर गरेका छन्।

उनले भनेका छन्, ‘तालिबानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ। २०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो।’



अफगानिस्तानका राष्ट्रपति असरफ गनीले हिजो देश छाडेका थिए । तालिवानको धम्कीपछि राष्ट्रपति र उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

सम्बन्धित समाचार