चुनावपछि फेरि सत्तामा पुग्छुः शंकर पोखरेल

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दाबी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दाबी गरेका हुन् । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् ।



पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’

सम्बन्धित समाचार