माधव नेपाललाई भेट्न पनि नपाउने अवस्था सिर्जना भएको छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नसमेत नपाउने अवस्था आएको भन्दै गुनासो गरेका छन् । आइतबारको केन्द्रीय कमिटीको बैठकमा उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै आफूले नेपाललाई भेट्दा तरंगित हुने गरेको बताए ।

नेता नेपालसँग विभिन्न मुद्दामा सहकार्य गर्दै अघि बढ्दै जानुपर्ने प्रचण्डको भनाइ रहेको केन्द्रीय सदस्य कुमार पौडेलले जानकारी दिए ।



‘प्रतिगमनविरुद्ध संयुक्त रूपमा लाग्यौँ । प्रतिगमनको विरुद्धको संघर्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँसँग विभिन्न मुद्दामा सहकार्य गरेर अघि बढ्नुपर्छ । तर, पनि माधव कमरेडलाई भेट्न जाँदा किन भेटेको भनेर उत्तेजित हुने गरेका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘भेट्न पनि नपाउने अवस्था सिर्जना भएको छ । माधव नेपाललाई आफ्नो पार्टीको नि होइन भन्ने भेट्दा पनि किन भेटेको भनेर तरंगित हुने अवस्था छ ।’

सम्बन्धित समाचार