नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (सोमबार) रु १०० ले ओरालो लागेको छ । तोलामा एक हजार रुपैयाँ बढ्दै रु रु ९० हजार ७०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ६०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९० हजार २०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने आइतबार मूल्य भन्दा ५ रुपैयाँ घट्दै तोलाको रु १ हजार २०० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।