
सरकारले प्रदेश नम्बर २ का प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज(सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
बैठकले अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ७ फागुन २०७७ मा तिलक परियारलाई हटाएर अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
हरिशंकर मिश्र नेपाली काँग्रेसका पुराना नेता हुन् । त्यस्तै आजै बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

