नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।
आज(सोमबार) प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । आज राति १२ बजेदेखि संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य भएको सापकोटाले बताए ।
यसअघि आज बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो ।

