नवकान्तिपुर संवाददाता
काठमाडौं, १ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्न सिफारिश गरेको छ । एमालेले शाही र वलीलाई पदमुक्त गर्न सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको हो ।
सुर्य चिन्ह लिएर निर्वाचित नवलपरासीका शाही र तत्कालीन नेकपाबाट निर्वाचित दाङकी विमला वलीले पार्टी र संसदीय दलको विधान विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न एमालेले प्रदेशसभामा पत्र बुझाएको हो । पार्टीको सर्वसम्मत निर्णयलाई सभामुखले कार्यान्वयन गर्ने विश्वास लिएकोलुम्बिनी प्रदेशका एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
लुम्बिनी प्रदेश सभामा शाही विनाविभागीय मन्त्री छन् । दुबैले आफूहरु स्वतन्त्र सांसद भएकोले एमालेलेले कारवाही गर्न नसक्ने बताए । पार्टीमा ल्याउन एमालेले वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएर राखिएको थियो ।
प्रदेशसभा पत्र

