माधवले दिए ओलीलाई अन्तिम मौका, यस्तो छ शर्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायमै राख्न वरिष्ठ नेता माधवकुमार नेपालले अन्तिम मौका दिएका छन् । नेपालले ओली पक्षका एक नेतालाई शर्त राख्दै अन्तिम मौका दिएको बुझिएको छ ।

नेपालले अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न या २ जेठ २०७५ को अवस्थामा पूर्णत पार्टी संगठनलाई कायम राख्न भनेका छन् । त्यस्तै माधव पक्षका नेता विरोध खतिवडाले एकताको सम्भावना अझै कायम रहेको बताए । खतिवडाले भने, ‘पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर एकता गर्ने ठाउँ अझै बाँकी छ । होइन भने हामी अर्कै बाटो लाग्नेछौं ।’



खतिवडाले सरकारले ल्याएको अध्यादेश आफूहरुका लागि नभई महन्थ ठाकुरका लागि भएको दाबी गरे ।

 

 

सम्बन्धित समाचार