ओलीसँग निर्णायक छलफल गर्न घनश्याम भुसाल बालकोटमा

एमाले विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न भन्दै उपमहासचिव घनश्याम भुसाल बालकोट पुगेका छन् । पार्टीमा विवाद समाधान गर्न गठित कार्यदलका सदस्य समेत रहेका भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

माधव नेपालसँग बानेश्वरमा छलफलपछि भुसाल बालकोट पुगेका हुन् । ‘अन्तिम समयमा केही चमत्कार हुन्छ कि भनेर अध्यक्षसँग परामर्श गर्न जानु भएको हो,’ माधव नेपाल पक्षका एक केन्द्रीय सदस्यले भने ।



बानेश्वरमा अहिले माधव नेपालले जनवर्गीय संगठनका नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मंगलवार नै माधव नेपालसहित १४ जनालाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई पत्राचार गरेका छन् ।

सम्बन्धित समाचार