
सरकारले दल विभाजन सम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।
दल विभाजन सम्बन्धी अध्यादेश कार्यालयमा आइपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार अध्यादेश तत्काल जारी हुने सम्भावना निकै कम छ । “आज कार्यालय समय सकियो, तत्कालै जारी हुने सम्भावना निकै कम छ,” उनले भने ।

