नेपाल समूहले दर्ता गर्ने पार्टीको नाम नेकपा एमाले (समाजवादी), चुनाव चिह्न सूर्य नै !

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ । सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ ।

पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको बताइन्छ । तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । उदाउँदो सूर्य या कुनै पनि रुपको सूर्यलाई चुनावचिन्ह बनाउने तयारी गरिएको स्रोतको दाबी छ ।



नेपाल समूहले पार्टी दर्ताको सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुको तयारी छ ।

सम्बन्धित समाचार