नवकान्तिपुर संवाददाता
काठमाडौं, २ भदाै ।

जनता समाजवादी पार्टी ९जसपा०को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। मंगलबारबाट राजधानीको डिल्लीबजारमा सुरु भएको बैठक आज पनि बस्नेछ। मंगलबारको बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका छन्। यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिएको छ।
प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भ्रात संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ। आजको बैठकमा चारवटा विषयमा छलफल हुने जसपाले जनाएको छ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे प्रदेश स्तरीय अभिमुखीकरण हुने छ। समसामयिक राजनीतिक प्रस्तावहरुका विषयमा छलफल हुने छ भने सरकारमा सहभागिता सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने जसपाले जनाएको छ। बैठक आज समापन हुने जसपाले जनाएको छ।

