
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध गरेका छन् ।
भट्टराईले मंगलबार एक ट्विट गर्दै ओली गएपनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताए । त्यस्तै उनले संसद अधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको टिप्पणी गरे ।
भट्टराईले ट्विटरमा लेखेका छन्-“ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो। गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!”
ट्विट :

