ठाकुर पक्षले दर्ता गर्ने पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक)

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि उत्साहित बनेको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । ठाकुर पक्षले पार्टीको नाम जसपा (लोकतान्त्रिक) राख्ने तय गरेको हो ।

पार्टीको नामको विषयमा टुंगो लागेको ठाकुर पक्षका एक नेताले बताए । उनले भने ‘सबै डकुमेन्ट तयारी अवस्थामा छ, अध्यादेश जारी हुनेबित्तिकै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने छौं ।’ ठाकुर पक्षले पार्टी दर्ताको सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुको तयारी छ ।



त्यस्तै, नेता शरतसिंंह भण्डारीलगायतका कतिपय नेताले पार्टीको नाम राष्ट्रिय जनता पार्टी नेपाल राख्नुपर्ने प्रस्ताव पछि अघि सारेका छन् ।

 

सम्बन्धित समाचार