पदमुक्त नगर्न माग गर्दै संसद् सचिवालयमा माधव पक्षको निवेदन

नेकपा एमालेले माधव कुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने निर्णय गरेपछि संसद् सचिवालयमा आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै निवेदन दिएका छन् ।

संसद् सचिवालयलाई बुझाउन तयार गरेको निवेदनमा आफूहरूमाथिको कारबाही गैर कानुनी र पार्टीको विधान विपरीत भएको उल्लेख छ । एमाले नेता विरोध खतिवडा र जीवनराम श्रेष्ठ १४ सांसदको संयुक्त पत्र लिएर संसद् सचिवालय गएका छन् । यस अघि आज (बुधबार) अर्याल होटेलमा बसेको माधव समूहको अनौपचारिक बैठकले उक्त कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको थियो ।



कारवाहीमा पर्नेहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरी रहेका छन् ।

सम्बन्धित समाचार