
माधव कुमार नेपाल आफ्नो नेतृत्वमा नयाँ दल नेकपा एमाले (समाजवादी)को लागि निर्वाचन आयोगमा दर्ता भएको छ । जसको अध्यक्षमा माधव कुमार नेपाल छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् ।
यद्यपि चुनाव चिन्ह ‘खुल्ला किताब’ राखिए पनि स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीसँग चुनाव चिन्ह मिलेपछि आज त्यसबारे टुंगो लागेको छैन । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि नेपाल समूहलाई नयाँ पार्टी खोल्नको लागि बाटो खोलिएको थियो ।
सरकारले जारी गरेको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

