मुख्यमन्त्री बन्ने भएपछि अष्टलक्ष्मी शाक्यले दिइन् यस्तो प्रतिक्रिया

बागमती प्रदेशसभा संसदीय दलको नेतृ अष्टलक्ष्मी शाक्यले पदभन्दा पार्टी एकता ठूलो कुरा भएको बताएकी छन्। बागमती प्रदेशको संसदीय दलको नेता चयनसँगै मुख्यमन्त्री बन्ने चयारकिाबीच उनले भनिन्, ‘भोलिको दिनमा मिलेर जानुपर्छ। ०५४ सालमा फुटेर पनि जुटेको हो। त्यो सन्देशले पनि कम्युनिष्टहरू फुटेर होइन जुटेरै जानुपर्छ भन्ने प्रष्ट भइन्छ।’

पार्टीलाई बलियो बनाउन खुला छलफल गरेर सबैलाई अवसर दिएर जानुपर्ने उनले बताइन्। तपाईंले माधव नेपालको साथ छाड्नुभएको हो ? भन्ने प्रश्नमा शाक्यले भनिन्,‘माधव नेपालको पक्षमा सधैँभरी छु। म ओलीको विरोधी पनि होइन, नेपालको विरोधी पनि होइन। यहाँसम्म आइपुग्न साथ सहयोग गर्नुभएको छ। केही कमजोरी भए भोलिको दिनमा हामी मिलेरै अघि बढ्नुपर्छ।’



लोकतन्त्र र संविधान बलियो बनाएर कम्युनिष्ट पार्टीलाई विधि र विधानअनुसार चलाउनुपर्नेमा उनको जोड छ। पार्टीमा सबैले आआफ्नो जिम्मेवारी अनुसार अघि बढे समस्या सिर्जना नहुने उनको भनाइ छ।

सम्बन्धित समाचार