देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड र माधव, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

विश्वासको मत पाएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवा अव भने सरकारलाई पूर्णता दिने तयारीमा छन् ।  नेकपा एमाले विभाजनपछि सत्ता गठबन्धन दल मन्त्रिपरिषद विस्तारका लागि जुटेको हाे । आजै प्रधानमन्त्री देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष तथा संयोजक माधवकुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बैठक गरेको बालुवाटार स्रोतले जनाएको छ । बुधबार मात्र नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरि ल्याइएको अध्यादेशबारे छलफल गर्न बालुवाटारमा जुटेका हुन् ।



देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा रहेर २० प्रतिशतभन्दा धेरै केन्द्रीय कमिटी सदस्य लिएर नयाँ दल गठन गरेका नेपालले सरकारमा सहभागिताबारे पनि आजको बैठकमा छलफल गरिरहेको जनाइएको छ। सत्तारुढ गठबन्धनले आजै सरकार विस्तार गर्ने निर्णय गर्न सक्ने बताइएको छ।

एमालेबाहेकका सबै शक्तिलाई सरकारमा सहभागी गराउने प्रयासमा प्रधानमन्त्री देउवा जुटेका छन् । हिजोमात्रै जसपा लोकतान्त्रीक पार्टी दर्ता गरेका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने बताइएको छ ।

सम्बन्धित समाचार