दल विभाजनसम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध रिट निवेदन परेको छ । हालसम्म सर्वोच्चमा राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध पाँच वटा रिट निवेदन दर्ता भएको हो ।

रिट अधिवक्ता प्रवेश केसी लगायतले पेश गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी अध्यादेश ल्याएको र उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन् ।



राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि माधव नेपाल समूह र ठाकुर पक्षली निर्वाचन आयोगमा गएर नयाँ पार्टी दर्ता गरेका छन् ।

 

 

सम्बन्धित समाचार