नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बिहीबार) रु ४०० ले ओरालो लागेको छ । तोलामा रु ९१ हजार २०० मा बुधबार कारोवार भएको छापावाला सुन आज भने तोलाको रु ९० हजार ८०० मूल्य निर्धारण भएको हो ।
यस्तै तेजाबी सुन बुधबार तोलामा रु ९० हजार ७०० मा कारोवार भएकामा आजका लागि भने रु ९० हजार ३०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने बुधबार मूल्य भन्दा २५ रुपैयाँ घट्दै तोलाको रु १ हजार १८० मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ ।